Kakhara सबैको खबर सम्पूर्ण खबर
तेस्रो रुकुम कपः बराहाटाकुरामा आजदेखि भलिवल प्रतियोगिता सुरु 

कर्णाली प्रदेशकै ठुलो भलिबल प्रतियोगिता रुकुम कप भलिबलको तेस्रो संस्करण आजबाट सुरु भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजना गरेको प्रतियोगिताको मुसिकोट नगर प्रमुख महन्द्र केसीले उद्घाटन गर्नुभएको थियो । तेस्रो संस्करण प्रतियोगिता  जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा भएको हो । प्रतियोगिताको महिला तथा पुरुष दुवै तर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी भएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । 

प्रतियोगिता पुरुष तर्फ खुला पालिका स्तरीय र महिला तर्फ खुला हुने आयोजना गरिएको छ । पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले २ लाख ९१ हजार पाउँदा तेस्रोले १ लाख ५१ हजार र सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कार पाउने अध्यक्ष  बुढाले बताउनुभयो । कप, मेडल र प्रमाणपत्र समेत व्यवस्था रहेका छ ।

विधागत तर्फ व्यक्तिगत रूपमा पनि खेलाडी पुरस्कृत गरिने उहाँले बताउनुभयो । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद सहित पुरस्कृत गरिने छ भने वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई समान ५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष बुढाले  जानकारी गराउनुभयो । 

501799341_693833216675896_412251526263862123_n-1748789012.jpgत्यस्तै महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । विधागतमा महिला तर्फ पनि व्यक्तिगत रूपमा पनि खेलाडी पुरस्कृत गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई समान ३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

यो प्रतियोगिता कर्णाली प्रदेशकै ठुलो रहेको उहाँले बताउनुभयो । प्रतियोगिताका लागि करिब ३१ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको मिडिया पार्टनरमा कखरा डट कम रहेको छ । प्रतियोगिताका सबै खेल कखरा डट कमको युट्युब, फेसबुक लगायतका प्लेटफर्ममा हेर्न सकिने छ । प्रवेश शुल्क सेमिफाइनल सम्म १ सय रुपैयाँ तथा फाइनलमा ३ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ । विच विचमा सांगितिक कार्यक्रम पनि रहने  बताएको छ । भोली लोकदोहोरी गायक श्याम राणाको प्रस्तुती रहने आयोजकले जनाएको छ । आइतबारबाट सुरु भएको भलिवल प्रतियोगिता २५ गतेसम्म चल्ने छ । 
503085136_1135850688539623_8924092143683682051_n-1748789017.jpg

प्रकाशित मिति: आइतबार, जेठ १९, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update