Kakhara सबैको खबर सम्पूर्ण खबर
तेस्रो रुकुम भलिबल: आज ५ खेल हुँदै

रुकुम पश्चिममा जारी पाँचौँ रुकुम कप भलिबलको पाँचौँ दिन आज पाँच वटा खेलहरू हुँदै छन् । महिला तर्फका दुई र पुरुष तर्फका तीन गरी पाँच खेल हुन लागेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । 

पहिलो खेलमा अहिले महिला तर्फ रुकुम पूर्व भूमेको सीमा भलिबल क्लब र जनज्योति युवा क्लब रुकुम पूर्वले प्रतिस्पर्धा गर्ने छन् । हिजो यी दुई टिम बिचको खेल नसकिएपछि आज पुनः हुन लागेको आयोजकले जनाएको छ । महिला तर्फ नै बिहान १० बजे रुकुम भलिबल र बाँफिकोट बिच प्रतिस्पर्धा हुने छ । 

त्यस्तै मध्यान्ह १२ बजे बौदीकाली गण्डकी र सिस्ने गाउँपालिका रुकुम पूर्व बिच प्रतिस्पर्धा हुने छ । हिमाल सुनारी लगायतका चर्चित खेलाडीले भरिपूर्ण बौदीकाली उपाधि दाबेदारका रूपमा हेरिएको छ । दिउँसो २ बजे बाँफिकोट जिप्सिङ र बाँफिकोट गाउँपालिका बिच प्रतिस्पर्धा हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।

अपराह्न ४ बजे बनगाड नगरपालिका सल्यान र हाम्रो सरोकार मुसिकोट नगरपालिका ७ बिचमा प्रतिस्पर्धा हुने छ । नेपाल आर्मीका धनबहादुर भट्ट लगायतका खेलाडीले भरिपूर्ण हाम्रो सरोकारलाई पनि प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको छ । 

पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले २ लाख ९१ हजार पाउँदा तेस्रोले १ लाख ५१ हजार र सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कार पाउने अध्यक्ष  बुढाले बताउनुभयो । कप, मेडल र प्रमाणपत्र समेत व्यवस्था रहेका छ ।

त्यस्तै त्यस्तै महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update