Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटबाट भरुवा बन्दुक सहित २ जना पक्राउ
नियन्त्रणमा लिएको बन्दुक ।

रुकुम पश्चिममा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । बुधवार राती ११ : ५० बजे बाँफिकोट गाउँपालिका वडा नम्बर ७ गोरेकाडाँस्थित छिनखेत देखि मग्मा जाने भित्री सडक खण्डबाट दुई जना पक्राउ परेका हुन्  ।

इलाका प्रहरी कार्यालय  बाँफिकोटबाट चेकिङको लागि खटिएको पैदल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा मग्माबाट छिनखेत तर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल चालक सानीभेरी गाउँपालिका वडा नम्बर  ५ घापागारका २६ वर्षीय नन्दलाल पुन मगर र सोही स्थानका २२ वर्षीय किरण पुन मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार नन्दलालले चलाएको रा ५ प ६८५९ नम्बरको मोटरसाइकलमा  पछाडि बसेका किरणले एक नाले भरुवा बन्दुक बोकेको अवस्था फेला पारेको हो । मोटरसाइकल, बन्दुक र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update