Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी फिडरको केबल पड्किदा विद्युत् सेवा अनियमित 

रुकुम पश्चिममा विद्युत् सेवा अनियमित बनेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मुसिकोटका अनुसार गयराति १० बजे त्रिवेणी फिडरको केबल पड्किदा विद्युत् सेवा अनियमित बनेको हो । 

वैकल्पिक व्यवस्था गरेर विद्युत् सेवा नियमित बनाउने प्रयास भइरहेको वितरण केन्द्रले जनाएको छ । बत्ती नै नआउने तथा आए पनि निकै कम भोल्टेज हुँदा उपभोक्ता मारमा परेका छन् । 

पछिल्लो समय विद्युत् सेवा अनियमित हुने क्रम बढ्दै गएपछि उपभोक्ता आक्रोशित समेत बनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update