Kakhara सबैको खबर सम्पूर्ण खबर
ठुली भेरी नदीमा बगेर एक बालिकाको मृत्यु, २ बालबालिका बेपत्ता 

ठुली भेरी नदीमा बगेर जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ की एक बालिकाको मृत्यु भएको छ । आज दिउँसो २ बजेतिर साथीहरूसँग भेरीमा पौडी खेल्न गएकी १६ बर्सिया भगवती नेपाली अन्य दुई बाल बालिका सहित बगेकी थिइन । 

तीन बालबालिका नदीमा बगेको खबर पाएपछि रुकुम पश्चिमको राडीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भगवतीलाई राडीको बगरबाट जीवितै उद्धार गरी उपचारका लागि राडीस्थित नगर अस्पतालमा लगेको थियो । तर लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । 

त्यस्तै दुई बालबालिका बगेर वेपत्ता भएका छन् । जाजरकोट नलगाड ८ कै १० वर्षीय महेश कुसारी र १२ बर्सिया आशा कुसारी बेपत्ता रहेकाे रुकुम पश्चिमका डिएसपी विष्टले बताउनुभयाे । उनीहरूको खोजी भइरहेको उहाँले बताउनुभयो । उनीहरू विद्यालयबाट घरमा गएर पौडी खेल्न नदीमा गएको बताइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update