
जेठ अन्तिम साता पोखरामा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुने भएकाे छ । अखिल नेपाल खेलकुद महासंघ तथा नेशनल स्पोर्टस एकेडेमीको आयोजनामा जेठ २७ गतेदेखि पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी भएको हो ।
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टिमको सहभागीता रहने नेशनल स्पोर्टस एकेडेमीका अध्यक्ष दिपक कोईरालाले जानकारी दिनुभयाे ।
प्रतियोगिता राउण्ड रोविनमा खेलाईने अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले बताउनुभयाे । शीर्ष दुईले उपाधिको लागि प्रतिस्पर्धा गर्ने गर्ने छन् ।
विजेताले नगद ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख र तेस्रो हुने टोलीले भने नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद ३० हजार पाउने छन् । विधागत तर्फ उत्कृष्ट हुनेलाई भने नगद २० हजार रुपैयाँ जनही प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा तीन विदेशी खेलाडीलाई समावेश गर्न पाईने प्रावधान छ । नेपाल भलिबल संघको स्वीकृतिमा आयोजना हुने यो प्रतियोगितामा तीन विभागीय क्लब, गण्डकी प्रदेश, न्यु डायमण्ड र एभरेष्ट भलिबलले प्रतिस्पर्धा गर्ने आयोजक स्पोर्टस एकेडेमीले सहभागीता जनाउने छन् । विस २०७५ सालमा प्रचण्ड प्रधानमन्त्री हुदाँ भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुभएकाे थियाे ।