Kakhara सबैको खबर सम्पूर्ण खबर
तेस्रो रुकुम कप भलिबल: महिला तर्फको फाइनल आज हुने

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा जारी तेस्रो रुकुम कप भलिबल अन्तर्गत आज महिला तर्फको फाइनल खेल हुने छ । आज दिउँसो हुने फाइनलमा उपाधिका लागि रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका र रुकुम पूर्वको जनज्योति युवा विकास केन्द्र खेल्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।

त्यसअघि पुरुष तर्फ लिग चरणको अन्तिम खेल हुने छ । उक्त खेलमा हाम्रो सरोकार मुसिकोट ७ रुकुम पश्चिम र अमित फेन्सी स्टोर बाैदीकाली नवलपुर बिचमा प्रतिस्पर्धा हुने छ । यो खेल पछि पुरुष तर्फ अंक तालिकामा पहिलो र दोस्रो हुने टुङ्गो लाग्ने छ ।

यसैबिच पुरुष तर्फ तेस्राे स्थानको लागि पनि आजै प्रतिस्पर्धा हुने छ । महिला तर्फको फाइनल पछि तेस्रो स्थानका लागि टिम खनाल र वनगाड सल्यान खेल्ने छन् । पुरुष तर्फको फाइनल खेल भोली हुने छ । 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update