तेस्राे रूकुम कप भलिबल
तेस्रो रुकुम कप भलिबल: महिला तर्फको उपाधि बाँफिकोटलाई

रुकुम पश्चिमको मुसिकोटमा जारी तेस्रो रुकुम कप भलिबलको महिला तर्फको उपाधि बाँफिकोट गाउँपालिकाले जितेको छ । आइतबार भएको फाइनलमा जनज्योति युवा विकास केन्द्र रुकुम पूर्वलाई ३–० को सोझो सेटमा पराजित गर्दै बाँफिकोटले उपाधिमा कब्जा जमाएको हो । उसले १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
त्यस्तै उपविजेता जनज्योतिले नगद ७५ हजार, ट्रफि मेडल र प्रमाणपत्र तथा तेस्रो बनेको रुकुम भलिबल टिमले नगद ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । चौथो भएको सीमा भलिबल क्लब रुकुम पूर्वले २५ हजार नगद पुरस्कार पाउने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०८२ २२:३१
प्रतिक्रिया दिनुहोस्