Kakhara सबैको खबर सम्पूर्ण खबर
तेस्रो रुकुम कप भलिबलको उपाधिका लागि पुरुष तर्फ हाम्रो सरोकार र बौदीकाली भिड्ने

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा जारी तेस्रो रुकुम कप भलिबलको उपाधिका लागि हाम्रो सरोकार मुसिकोट ७ रुकुम पश्चिम र बौदीकाली नवलपुर भिड्ने भएका छन् । आज लिग चरणका खेलहरू सकिएसँगै सोमबार फाइनल हुन लागेको हो । बौदीकाली समूह विजेताका रूपमा फाइनल प्रवेश गरेको छ भने हाम्रो सरोकार उपविजेताका रूपमा फाइनलमा पुगेको छ ।

बौदीकाली अहिलेसम्म अपराजित छ भने हाम्रो सरकारले लिगको अन्तिम खेलमा बौदीकाली विरुद्ध ३–० को हार बेहोरेको थियो । फाइनल खेल सोमबार दिउँसो २ बजे हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । पुरुष तर्फको विजेताले ५ लाख ११ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले २ लाख ६१ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छ ।

तेस्रो पुरस्कार १ लाख ५१ हजार चौथो पुरस्कार १ लाख ११ हजार रहेको छ । फाइनल पुगेका दुवै टोली बलिया देखिएका छन् । दुवै टोलीमा स्टार खेलाडीहरू रहेका छन् । हाम्रो सरोकारमा नेपाल आर्मीका धनबहादुर भट्ट, कोसी प्रदेशका कप्तान विष्णु बस्नेत, मनोज घिमिरे लगायत छन् भने बौदीकालीमा हिमाल सुनारी, सरोज वर्देवा, विवश आले, विश्वास अधिकारी लगायतका चर्चित खेलाडीहरू रहेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update