Kakhara सबैको खबर सम्पूर्ण खबर
तेस्रो रुकुम कप भलिबल: पुरुष तर्फ हिमाल र महिला तर्फ सीता सर्वोत्कृष्ट

तेस्रो रुकुम कप भलिबलमा पुरुष तर्फ बौदिकाली नवलपुरका हिमाल सुनारी सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका उनी पुरुष तर्फ सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । उनले नगद १० हजार र ट्रफि प्राप्त गरे ।

पुरुष भलिबल तर्फ उपविजेता बनेको हाम्रो सरोकारका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर, हाम्रो सरोकारकै विष्णु बस्नेत उत्कृष्ट सर्भर, टिम खनालका पहल गहतराज उदीयमान खेलाडी, टिम बौदीकालीका राजन दर्लामी उत्कृष्ट डिभेन्डर, बौदीकालीकै विवश आले मगर उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर टिम खनालका सफल विश्वकर्मा र उत्कृष्ट कोच टिम बौदीकालीका कुन्जन शाही बनेका छन् । उनीहरूले समान ५ हजार र ट्रफि प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । 

महिला तर्फ टिम बाँफिकोटकी सीता सिंह सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । उनले आफ्नो टिमलाई महिला तर्फ च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन । उनले नगद ५ हजार र ट्रफि प्राप्त गरेको अध्यक्ष बुढाले बताउनुभयो ।

महिला तर्फ उदीयमान खेलाडी बाँफिकोटकी हरिमाया ओली, उत्कृष्ट डिफेन्डर बाँफिकोटकै मोनिका विष्ट, उत्कृष्ट सेटर पनि बाँफिकोटकै पूर्णकला खत्री, वेष्ट स्पाइकर उक्त टिमकै करिष्मा थापा, उत्कृष्ट ब्लकर जनज्योति युवा विकास केन्द्र रुकुम पूर्वकी धनमाया नाथ, उत्कृष्ट सर्भर पनि उक्त टिमकै सुनकुमारी सुनार र उत्कृष्ट कोच बाँफिकोटका पोषण मल्ल घोषित भएका छन् । उनीहरूले समान ३ हजार र ट्रफि प्राप्त गरेका छन् । 

जेठ १८ गतेबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ बौदीकाली विजेता तथा हाम्रो सरोकार उपविजेता र महिला तर्फ बाँफिकोट गाउँपालिका विजेता र जनज्योति युवा विकास केन्द्र द्वितीय भएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २७, २०८२  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update