
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा मिनि ट्रक दुर्घटना हुँदा चालक र सह चालक गम्भीर घाइते भएका छन् । दाङको घोराहीबाट राप्ती राजमार्ग भएर रुकुम पश्चिमको खलंगा तर्फ पानीको जार बोकेर आइरहेको मिनि ट्रक सिम्रुतुमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
घाइते हुनेमा चालक दाङ घोराही उपमहानगरपालिका १० का अन्दाजी ४५ बर्षीय भूपेन्द्र महत र सहचालक रहेको प्रहरीको भनाई छ । सहचालकको परिचय खुल्न सकेको छैन । प्रहरीका अनुसार घोराहीमा सञ्चालित रारा प्रोसेसिङ प्रालिको रा १ क १४१२ नम्बरको मिनि ट्रक ब्रेक फेल भएर सडकबाट करिब तल खसेको छ ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । उक्त मिनि ट्रक खसेर बिजुलीको पोलमा लाग्दा पोल ढली केही समय सडक समेत अवरुद्ध बनेको थियो ।