
बिहिवार साँझ रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा बजार नजिकै मोडमा मिनि ट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ । उपचारको क्रममा चालक दाङको घोराही उपमहानगरपालिका १० का ४५ वर्षीय भुपेन्द्र महतको मृत्यु भएको हो । सोही स्थानका ३४ वर्षीय सह चालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ॠषि पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार रा १ क १४१२ नम्बरको रारा प्रोसेसिङ कम्पनी प्रालि घोराही दाङ बाट संचालीत मिनि ट्रक दाङबाट रुकुम पश्चिम खलंगा तर्फ पानीको जार ल्याएर आउदै गरेको अवस्थामा दुर्घटना परेको क थियो । ट्रक ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब २ सय मिटर तल खसेर रुखमा अडिएको थियो ।
चालकलाई तल्लो सडकबाट र सह चालकलाई घुम्ती नजिकैबाट उद्दार गरिएको थियो । ट्रकको ठक्करबाट घुम्ती नजिकै स्थानीयको घरमा बाधिएको एउटा बाख्रा समेत मरेको बताएको छ । नजिकै रहेको अस्थायी आवासमा पनि क्षेती पुगेको स्थानीयले बताएका छन् ।