Kakhara सबैको खबर सम्पूर्ण खबर
तरुण दल प्रदेश सभा क को अध्यक्षमा विजय 

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल प्रदेश सभा क्षेत्र नम्बर क रुकुम पश्चिमको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा सम्पन्न अधिवेशनले विजय शाहीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

जसको उपाध्यक्षमा जनक कुसारी र राजु परियार तथा सचिवमा रमेश पुन मगर चयन हुनुभएको छ । कोषाध्यक्ष र सह सचिव भने पहिलो बैठकबाट थप गरिने तरुण दलले जनाएको छ । जिल्ला अधिवेशनको तयारीमा रहेको तरुण दल रुकुम पश्चिम जिल्ला अन्तर्गतका विभिन्न तहको अधिवेशन गरिरहेको छ । 

क्षेत्र नम्बर क को अधिवेशनमा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति पदाधिकारी, भातृ सङ्गठनका प्रमुख तथा प्रतिनिधि, तरुण दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको तरुण दलले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update