
क्योटो नेपाली कम्युनिटी जापानकाे प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन् २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले नरेश ओलीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा शंकर भुसाल, उपाध्यक्षमा रामभक्त सापकोटा, गोविन्द सापकोटा, गोपाल खत्री, लालसा सापकोटा र धिरेन्द्रबहादुर शाही चयन हुनुभएको छ ।
सचिवमा सुबिन न्यौपाने, सह सचिवमा कपिल आचार्य विमल, गैरे, कोषाध्यक्षमा मदन अधिकारी, सह–कोषाध्यक्ष सिन्धु शर्मा र युवा संयोजकमा सुजन जङ्ग क्षेत्री चयन भएको नवनिर्वाचित अध्यक्ष नरेश ओलीले जानकारी दिनुभयो ।
सदस्यहरूमा सुरज थिङ, सन्दीप भुसाल, सङ्गम जोशी, अर्जुन भुसाल, निकेश वाइबा, चेतन मल्ल, प्रदीप कुँवर, चूडामणि खड्का, रबिना मगर, सुधांश थापा, सविन सापकोटा, सांस्कृतिक सह–संयोजकमा काजल गुरुङ चयन भएको बताइएको छ ।
नयाँ कार्यसमितिले क्योटोमा रहेका प्रवासी नेपाली समुदाय बिच आपसी एकता, सहयोग र सशक्त प्रतिनिधित्वका लागि सामाजिक, सांस्कृतिक तथा खेलकुद सम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने बताएको छ । साथै, नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई आफ्नो प्राथमिकताको सूचिमा राख्ने जनाएको छ ।
अध्यक्ष ओलीले नेतृत्व सम्हालेपछि सम्पूर्ण क्योटो क्षेत्रका नेपाली समुदायलाई सहकार्य, सहभागिता र साथका लागि आह्वान गर्नुभएको छ । उहाँले सामूहिक प्रयास मार्फत प्रवासी नेपालीको हितमा परिणाममुखी कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
क्योटो नेपाली कम्युनिटीको यो पहिलो औपचारिक अधिवेशनले प्रवासी नेपाली बिचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।