Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु 

रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १० बर्नेटीकी ५० बर्सिया गणेशा ओलीको आइतबार अपराह्न ४ः३० बजे परेको चट्याङ लागेर मृत्यु भएको हो ।

स्थानीय खीमबहादुर ओलीको घरभित्र रहेको मिटरबक्समा चट्याङ परेको र २५ मिटरको दुरीमा रहेको आफ्नै घरमा रहेकी गणेशालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । ओलीको घाटी लगायत शरीरका विभिन्न अंगमा चट्याङ लागेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update