Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमेली नापी समाजद्वारा ताराप्रकाशको उपचारका लागि आर्थिक सहयोग

रुकुमेली नापी समाजले संस्थाका सदस्यलाई उपचार खर्च सहयोग गरेको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ११ भलाक्चा निवासी हाल भूमि समस्या समाधान आयोग तनहुँ अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा अमिन पदमा कार्यरत ताराप्रकाश खड्काको उपचारका लागि समाजले सहयोग गरेको हो । 

संस्थाका सदस्यहरूले सहयोग गरेको रकम संस्थाको तर्फबाट एकमुष्ट ८२ हजार ३ सय संस्थाका कार्यसमिति सदस्य नरेन्द्र केसी मार्फत बिरामीका बुवालाई हस्तान्तरण गरिएको छ । 

रुकुमेली नापी समाजले विगतमा पनि संस्थाका सदस्यहरूलाई कुनै समस्या पर्दा आर्थिक लगायत अन्य सहयोग गर्दै आएको संस्थाका अध्यक्ष गणेश खडकाले बताउनुभयो । 

ताराप्रकाश असार देखि सम्पर्क विहीन हुनुभएको थियो । त्यसपछि शुक्लागण्डकी नगरपालिका तथा भूमि समस्या समाधान आयोगको अगुवाइमा खोज तलास गर्दा असार ५ गते ताराप्रकाशलाई बेहोस अवस्थामा फेला पारिएको थियो । 

त्यसपछि पोखरास्थित गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि अहिले पोखराकै जी.एम.सी. अस्पतालमा आइसियुमा उपचार भइरहेको छ । 

आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएकोले रुकुमेली नापी समाजका सदस्यहरूलाई स्वैच्छिक रूपमा आर्थिक सहयोगको लागि अपिल गरे अनुसार सहयोग सङ्कलन भएको समाजका सचिव हरि खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update