Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस सेन्टर बाँफिकोटको  अध्यक्षमा बलबहादुर खत्री चयन 

प्रेस सेन्टर नेपाल बाँफिकोट गाउँपालिका रुकुुम पश्चिममा पालिका अधिवेशन सम्पन्न भएको छ । आज  भएको पालिका अधिवेशन नयाँ पालिका स्तरिय नेतृत्व चयन गर्दै सम्पन्न भएको हो  ।

बलबहादुर खत्रीको अध्यक्षतामा ८ सदस्यीय पालिका समिति निर्माण गरिएको छ । जसको उपाध्यक्षमा प्रेमकुमार विश्वकर्मा, सचिवमा तृप्ती विश्वकर्मा, सहसचिवमा गणेश विक र कोषाध्यक्षमा मनकुमारी खत्री चयन हुनुभएको छ ।

सदस्यहरुमा पोषण मल्ल, महेन्द्र परियार र सुनिल विक चयन हुनुभएको छ । एक जना सदस्य पछि थप गरिने छ । अभिवेशनमा नेकपा(माओवादी केन्द्र) का कर्णाली प्रदेश समिति सदस्य चन्द्रबहादुर केसी, वैकल्पिक प्रदेश सदस्य गाेर्खबहादुर कुसारी, पार्टीका पालिका अध्यक्ष दक्ष पुनकाे आतिथ्यता रहेकाे थियाे

त्यस्तै पार्टीका जिल्ला प्रचार विभाग प्रमुख मेगराज खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष गाेपालप्रसाद रेग्मी, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष मनिष खड्का, उपाध्यक्ष दिपेन्द्र महतारा, प्रेस सेन्टर कर्णाली प्रदेश लेखा संयोजक प्रचण्ड खत्री लगायतको आतिथ्यता रहेको थियो । 

प्रेस सेन्टर नेपाल बाँफिकोटले आजै तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । जसको आर्थिक सहयोग बाँफीकोट गाउँपालिकाले गरेको थियो भने तालिमको सहजीकरण पत्रकार महासंघ रुकुम पश्चिमले गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update