Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाद्धारा विपत् पूर्व तयारीका सामग्री प्रदर्शन 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले विपत् प्रतिकार्यका सामग्री प्रदर्शन गरेको छ । विभिन्न खाले विपत् प्रतिकार्यका लागि प्रयोग हुने सामग्रीहरू शुक्रवार नगरपालिकाको प्राङ्गणमा प्रदर्शन गरिएको हो र 

बाढी, पहिरो, डुवान, आगलागी लगायतका विपत्जन्य घटनामा प्रयोग हुने विभिन्न प्रकारका सामग्रीहरू प्रर्दशनमा राखिएको थियो । नगरपालिकाले लागलागी नियन्त्रण, तथा आगलागीमा फसेकाको उद्धार, बाढी पहिरोमा परेकाको उद्धार, अवरुद्ध सडक सुचारु गर्ने देखि विभिन्न विपत्मा प्रयोग हुने सामग्रीको व्यवस्थापन गरेको बताउनुभयो । 

Rescue-musikot-(2)-1751077282.jpeg
स्थानीय तहको दायित्व अन्तर्गत विपत् प्रतिकार्यका सामग्रीहरूको व्यवस्थापन गरेको उहाँको भनाई छ । अब नगरपालिकासँग जुनसुकै विपत्को उद्धारमा प्रयोग हुने सामग्रीहरू रहेको उहाँले बताउनुभयो । १५ लाख बढी खर्चिएर सामग्री खरिद गरेको नगर प्रमुख केसीले बताउनुभयो । 

यसका अलावा नगरपालिकाले विपत् प्रतिकार्यमा प्रयोग हुने एम्बुलेन्स, टिप्पर, जेसिवि, ट्याक्टर, पानी ट्याङ्की लगाएका सामग्री पनि खरिद गरेको छ । उक्त सामग्रीहरूको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी प्रमुख मदन धानुक, जिल्ला अस्पतालका महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसी लगायतको टोलीले अवलोकन गरेको थियो । 

Rescue-musikot-(4)-1751077282.jpeg
उक्त टोलीलाई नगरपालिकाले व्यवस्थापन गरेका कुन सामग्रीले कस्तो प्रकारको विपत्मा काम गर्छ भन्ने बारेमा नगर प्रहरी प्रमुख उमेश केसीले जानकारी गराउनुभयो । अनुगमन टोलीले विपत् प्रतिकार्यका सामग्री व्यवस्थापन गर्नु नगरपालिकाको राम्रो काम भएको बताउँदै सामग्रीको सदुपयोगमा जोड दिएको थियो ।

Rescue-musikot-(1)-1751077281.jpeg

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update