Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेटमा तीन दिने आधारभूत तालिम सम्पन्न 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको सहजीकरण र बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोगमा प्रेस सेन्टर नेपाल बाँफिकोटले तालिम आयोजना गरेको थियो । शुक्रवार एक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो । समापन कार्यक्रममा २७ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

तीन दिनसम्म चलेको तालिमको मुख्य प्रशिक्षकमा आहा सञ्चार साप्ताहिकका प्रधान सम्पादक मेगराज खड्का रहनुभएको थियो । अन्य प्रशिक्षकहरूमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल रेग्मी, रेडियो सानीभेरीका समाचार प्रमुख तथा कखरा डटकमका सम्पादक मनिष खड्का, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सचिव दीपेन्द्र महतारा, कोषाध्यक्ष सन्देश जैसी, पत्रकार नारायण ओलीले रहनुभएको थियो । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update