Kakhara सबैको खबर सम्पूर्ण खबर
सुधारियो रुकुम पश्चिमको एसइई नजिता, ७४.९५ प्रतिशत ग्रडेड

रुकुम पश्चिमको यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजामा उल्लेख सुधार आएको छ । गत वर्षको एसइईमा ६४.२१ प्रतिशत विद्यार्थी ग्रेडेड भएकामा यो वर्ष नतिजामा १० प्रतिशत भन्दा बढीले सुधार आएको हो । शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका अनुसार यो वर्षको एसइईमा ७४.९५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

साधारण र प्राविधिक धार तर्फ गरी यो नतिजा प्राप्त भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । साधारण तर्फको ग्रेडेड प्रतिशत ७४.५७ प्रतिशत रहेको छ भने प्राविधिक धार तर्फ ८६.७९ प्रतिशत रहेको छ । यो वर्ष पनि जिल्लाबाट ४ जिपिए कुनै पनि विद्यार्थीले प्राप्त गरेका छैनन् । साधारण तर्फ कुल ३ हजार ३ सय ३९ जना परीक्षार्थी सहभागी भएकामा २५.४३ प्रतिशत अर्थात् ८ सय ४९ जना परीक्षार्थी नन ग्रेडेड भएको उहाँले बताउनुभयो ।

त्यस्तै जिपिए ३.६० देखि ४ सम्म १ सय ५ जना अर्थात् ३.७४ प्रतिशतले प्राप्त गरेका छन् । गत वर्ष यो समूहमा ६७ जना विद्यार्थी परेका थिए । जिपिए ३.२० देखि ३.६० को बिचमा ७ सय १४ अर्थात् २१.३८ र २.८०  देखि ३.२० बिचको जिपिए १ हजार १ सय ८८ जना अर्थात् कुल विद्यार्थी संख्याको ३५.५८ ले ल्याएका छन् । सबै भन्दा बढी ग्रेडिड यही समूहमा भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुनले जानकारी गराउनुभयो ।

उहाँका अनुसार २.४० देखि २.८० बिचको जिपिए ४ सय ७२ अर्थात् १४.१४ प्रतिशत र ११ जनाले २.०० देखि २.४० बिचको जिपिए प्राप्त गरेका छन् । साधारण तर्फ ३ हजार ३ सय ३९ जना परीक्षार्थी रहेकामा २ हजार ४ सय ९० जना अर्थात् ७४.५७ प्रतिशत विद्यार्थी ग्रेडेड भएको पुनले बताउनुभयो । यसैबिच प्राविधिक धार तर्फ कुल १ सय ६ जना परीक्षार्थी रहेकामा ९२ जना अर्थात् ८६.७९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

त्यसमा ३.६० देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थी संख्या १ जना, ३.२० देखि ३.६० जिपिए प्राप्त गर्ने विद्यार्थी संख्या ३८ जना, २.८० देखि ३.२० सम्मको जिपिए प्राप्त गर्ने विद्यार्थी संख्या ४० जना, २.४० देखि २.८० सम्मको जिपिए प्राप्त गर्ने विद्यार्थी संख्या १३ जना रहेको छ भने नन ग्रेडेड अर्थात् अनुत्तीर्ण विद्यार्थी १४ जना रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुनका अनुसार यो वर्ष ननग्रेडेड आएका सबै विषयमा विद्यार्थीले मौका परीक्षा दिन पाउने छन् । जसअनुसार नन ग्रेडेड सबै विद्यार्थीले मौका दिन पाउने छन् ।  

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update