Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनको अवसरमा नगर अध्यक्ष विश्वकर्माद्वारा रक्तदान

नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रुकुम पश्चिम मुसिकोट नगरपालिकाका अध्यक्ष तथा जिल्ला सदस्य सुशान्त विश्वकर्माले जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ । विश्वकर्माले आज आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल सल्लेमा गएर रक्तदान गर्नुभएको हो । 

बाँफिकोट गाउँपालिकाकी बिरामी महिलाका लागि उहाँले ओ पोजेटिभ रगत दान गर्नुभयो । रचनात्मक काम गरेर जन्मदिन मनाउन आफूले रक्तदान गरेको उहाँले बताउनुभयो । आजै जन्मदिन परेको र एक महिलालाई रगत अति आवश्यक परेको अवस्थामा आफूले अस्पताल पुगेर रगत दिएको विश्वकर्माले बताउनुभयो । 

समय भन्दा पहिले नै प्रसूति भएकी उक्त महिलालाई उक्त रक्तस्राव हुँदा रगतको शक्त आवश्यकता परेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update