
अन्तर पार्टी महिला संजाल रुकुम पश्चिमको जिम्मेवारी अञ्जना केसीले पाउनु भएको छ । संजालको विद्यान अनुसार एक वर्षको कार्यकाल पुरा भएपछि नेतृत्व हस्तान्तरण गर्ने प्रवधान रहेको छ । सोही प्रवधान अनुरुप नेपाली काग्रेंसकी केसीले संजालको अध्यक्षको जिम्मेवारी पाउनुभएको हो । यस अघि नेकपा(मााओवादी केन्द्र) बाट निर्मला खड्का विष्ट अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।
नयाँ जिल्ला कार्यसमितिमा अध्यक्षमा केसी, उपाध्यक्षमा नेकपा (एमाले) बाट मनिषा परियार, सचिवमा नेकपा (माओवादी केन्द्र) बाट यामकुमारी नेपाली, कोषाध्यक्ष नेकपा(एकिकृत समाजवादी) को भाग परेको छ । त्यस्तै सदस्यमाहरुमा विमला खनाल, दिवसा खड्का ओली, लक्ष्मी भण्डारीओली, प्रेमा शाही, डम्बरा खड्का, हिमकुमारी केसी, अञ्जना चन्द गौतम, बमकुमारी ओली केसी चयन हुनुभएको छ ।
त्यस्तै निता थापा, धनमाया केसी रावल, सुजिता विसी रावल र खिमा केसी पनि सदस्यमा चयन हुनुभएको छ । संजालको हरेक एक वर्षमा जिल्लामा क्रियाशिल पार्टी आवद्ध महिलाहरुले नेतृत्व गर्ने गरेका छन् । आज खलंगामा एक कार्यक्रमको आयोजना गरी नेतृत्व हस्तान्तरण गरिएको हो ।