रूकुम पूर्व प्रहरीले ७ राेपनी जग्गामा लगाइएकाे गाँजा फडानी गर्याे

रुकुम पूर्वमा अवैध रूपमा लगाएका गाँजाका बोटहरू बोटहरू फडानी गरिएको छ । इलाका प्रहरी कार्यालय काँक्री रुकुमबाट खटिएको ६ जनाको प्रहरी गस्ती टोलीले भूमे गाउँपालिका वडा नं.२ जंगाडाँडाका विभिन्न स्थानमा लगाइको गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
कार्यालयका अनुसार ७ रोपनी जग्गामा लगाइएको लागु औषध गाँजा (भाङ) का बोटहरू फेला पारी फडानी गरिएको छ । रुकुम पूर्व प्रहरीले जिल्लाका विभिन्न ठाउँमा लगाइएको लागू औषध नष्ट गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार १४, २०८२ २०:३९
प्रतिक्रिया दिनुहोस्