
होटेल व्यवसायी संघ सुर्खेतको सातौँ चुनावी वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार भएको साधारणसभाबाट संघकाे नेतृत्व पहिलो पटक महिलामा गएको छ । प्रतिभा ओली सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
माया थकाली रेस्टुरेन्ट एन्ड क्याफेकी सञ्चालक ओलीको नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा सुमन कार्की, प्रथम उपाध्यक्षमा धनबहादुर खड्का, द्वितीय उपाध्यक्षमा हंसबहादुर खडका, महासचिवमा नन्दराम उपाध्याय, सचिवमा जगबहादुर बोहरा र कोषाध्यक्षमा सविता ढकाल सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै सदस्यमा रवि पुरी, शंकर भट्टराई, प्रेम कार्की खगेन्द्र अधिकारी चयन भएको नवनिर्वाचित अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले सुर्खेतका होटेल व्यवसायीका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्षको जिम्मेवारी दिने सबैलाई धन्यवाद दिँदै उहाँले हाटले व्यवसायीका समस्या हल गर्ने, हाटले व्यवसायलाई मर्यादित बनाएर सम्पूर्ण हाटले व्यवसायीको हितमा काम गर्ने उहाँको भनाई छ ।