
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ जुम्लाबाङका प्रेमलाल ओलीको परिवारलाई वडा कार्यालयले खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ । प्रेमलालको घरमै पुगेर वडा कार्यालयले नगद रकमसहित खाद्यान्न सहयोग गरेको हो । प्रेमलालको रोजगारको सिलशिलामा भारतको गोवा ,वास्कोमा केहिदिन अघि हृदयघातका कार्यालय मृत्यु भएको थियो ।
मृतक प्रेमलालकी धर्मपत्नी जयकला पुन ,पृतिशोकमा रहेका दुई छोरा बिराज, मिलन र बृद्ध वुवा जैराम ओलिलाई भेट गरी शोकमा रहेका घरपरिवारलाई तथा आफन्तजनमा संमवेदना व्यक्त गर्दै स्वर्गीय प्रेमलाल प्रति श्रद्धाञ्जली व्यक्त गरिएको वडा अध्यक्ष धिरण सेर्पालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा कार्यालयको तर्फबाट सहयोग स्वरूप चामल, फाईवर सिरक र डस्नासहित नौ हजार बराबरको सामग्री मुसिकोट नगर उप प्रमुख बिमलकुमार पुन र समाजसेवी खिमबहादुर ओलिको उपस्थितिमा हस्तान्तरण गरिएको हो । त्यस्तै वडा अध्यक्ष धिरन सिर्पाली, वडा सदस्य छैमा विक, डिल्लीबहादुर ओली, लालबहादुर केसी, वडा सचिव देविलाल पुन, जनस्वास्थ्य निरक्षक शिशिर खड्का, अहेव यसोधा केसी र अनमी सीता खड्का ओलीबाट उठेको १९ हजार रुपैयाँ पनि प्रेमलालको परिवारलाई हस्तान्तरण गरिएको छ ।