Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय धान दिवस : रुकुम पश्चिममा विविध कार्यक्रम गरी धान दिवस मनाइयो

रुकुम पश्चिममा पनि २२ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी मनाएको छ । आइतबार कृषि विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा मुसिकोट नगरपालिका वडा नम्बर ३ माछमीमा विविध कार्यक्रम गरी धान दिवस मनाइएको हो । दिवसको अवसरमा माछमी एक औपचारिक कार्यक्रमको आयोजना गरी धान दिवस मनाइएको हो । दिवसको अवसरमा धान रोपाँई, दही चिउरा खाने कार्यक्रम, रस्साकस्सी प्रतियोगिता समेत गरिएको थियो ।

रस्साकस्सी  प्रतियोगितामा जनप्रतिनिधी र कर्मचारी, कृषक र कर्मचारी, पत्रकार र कर्मचारी विच मैत्रीपूर्ण रुपमा प्रतिस्पर्धा भएको थियो ।रोपाँइका सहभागिहरुले दिवसको अवसरमा धान रोपाँइ सँगै हिलो खेलेर एकआपसमा  खुसी साटासाट गरेका थिए 
गरेका थिए । 

कृषि विकास कार्यालयका निमित्त प्रमुख भरतकुमार बस्नेतकाे अध्यक्षता भएको रोपाँइ कार्यक्रममा जिल्ला समन्य समितिका उपप्रमुख देवबहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो । अतिथिहरुमा मुसिकोट नगर प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, शसस्त्र प्रहरी प्रमुख मदनबहादुर धानुक, राष्ट्रिय अनुसन्धान अधिकृत चिरजिवी बुढा, जिल्ला समन्वय अधिकारी पुन्यप्रसाद भटराई, पत्रकार महासंघका अध्यक्ष गोपालप्रसाद रेग्मी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, किसान, पत्रकार लगायतको उपस्थिती रहेको थियो । 

WhatsApp-Image-2025-06-29-at-16.19.08_120524e3-1751195609.jpg

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update