Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्तालका कर्मचारी खड्काद्वारा जन्मदिनको अवसरमा रक्तदान

जिल्ला अस्पताल रुकुम पश्चिमका कर्मचारी जगदीश खड्काले जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ । ३१ औँ जन्मदिनको अवसरमा उहाँले आज रक्तदान गर्नुभएको हो । 

खड्काले जिल्ला अस्पतालको ब्लड बैंकमा ओ पोजेटिभ रगत दान गर्नुभएको अस्पतालका ल्याब टेक्निसियन पुष्कर केसीले जानकारी दिनुभयो । 

रचनात्मक काम गरेर जन्मदिन मनाउन आफूले रक्तदान गरेको खड्काले बताउनुभयो । जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना भएपछि जन्मदिन तथा अन्य अवसरमा स्व-इच्छुक रूपमा रक्तदान गर्ने क्रम बढ्दै गएको छ । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update