Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पूर्वकाे सिस्ने ३ मा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु, एक जना घाइते

रूकुम पूर्वकाे सिस्ने गाउँपालिका तीन तातोपानीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

ताताेपानी स्थित भित्री कच्ची सडक खण्डमा धाउन्नेबाट  पोखरा तर्फ जादै गरेको  रा ३ प ४५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिस्ने ३ पोखराका ४५ वर्षीय दलप्रसाद सुनारकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

त्यस्तै सिस्ने ३ पोखराका ३६ वर्षीय भुपेन्द्र खत्री घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएकाे छ । उहाँकाे ढाड, हातको औलामा चोट लागेकाे र अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ । 
प्रहरीका अनुसार माेटसाइकल बाटो देखि करिब १ सय मिटर तल खसेकाे छ । 

अस्थायी प्रहरी पाेष्ट धाउन्ने रूकुमबाट प्रहरी सहायक निरीक्षक टिकाबहादुर महताराको कमाण्डमा ४ जना तथा जि.प्र.का. रुकुम पूर्वबाट प्रहरी निरीक्षक लालबहादुर वि.क.को कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएकाे छ । 

 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update