
रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेको निर्माणाधीन भवनमा कार्यरत एक जना कामदार मृत फेला परेका छन् । काठमाडौँ घर भएका ४० वर्षीय दिलीप तामाङ आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेका हुन् ।
स्थानीयको घरमा कोठा लिएर बस्दै आएका तामाङ मङ्गलवार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । मङ्गलवार बिहान बाहिरबाट बोलाउँदा नबोलेपछि स्थानीय तथा जनप्रतिनिधि सहितको टोलीले ढाेका फोरेर हेर्दा खाटमा सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ ।
घटनाको अनुसन्धान चलिरहेको र मृत्युको कारण खुलिनसकेकाे बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ १९:२०
प्रतिक्रिया दिनुहोस्