Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरे

रुकुम पश्चिममा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । चौरजहारी नगरपालिका वडा नम्बर ३ टाटागाँउका ३२ को चन्द्रबहादुर बुढाथोकीले आफ्नै श्रीमती ३० बर्सिया देवीका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

घटना मङ्गलवार राती १० बजे भएको उहाँले बताउनुभयो । चन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको खुकुरी समेत प्रहरीले बरामद गरेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको कमान्डमा- ७ जनाको टोलीले घटनास्थलमा पुगी खुकुरी सहित मानिस नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षक प्रमेश बिस्टको कमान्डमा त ७ जनाको टोली खटिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update