Kakhara सबैको खबर सम्पूर्ण खबर
दुई मोटरसाइकल ठोक्किएर गम्भीर घाइते ओलीलाई हेलिकोप्टर मार्फत पोखरा लगियो 

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धौलापैरामा दुई मोटरसाइकल ठोक्किदा गम्भीर घाइते रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० का २७ वर्षीय हेमराज ओलीलाई थप उपचारका लागि पोखरा लगिएको छ । जिल्ला अस्पताल रुकुमकोटमा सामान्य उपचार पछि थप उपचारका लागि एयर डाइनेस्टिको हेलिकोप्टर मार्फत मणिपाल अस्पताल पोखरा लगिएको हो । 

ओलीको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रुकुमकोटबाट मध्यपहाडी लोकमार्ग हुँदै धौलापहिरा तर्फ जाँदै गरेको ओलीले चलाएको रा ७ प १२६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भूमे गाउँपालिका ५ धौलापहिराका २५ वर्षीय कृष्ण खत्रीले चलाएको बा २९ प ४४२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । 

खत्रीलाई पनि शरीरका विभिन्न भागमा चोट लागेको तर अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट प्रहरी निरीक्षक मोहनकुमार खड्काको कमान्डमा ८ जनाको प्रहरी टोली खटिएको थियो ।

heli-(2)-1751456284.jpg
 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update