
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरिनेटामा रहेको बालशिक्षा माध्यमिक विद्यालयबाट एसईइ परीक्षामा उर्तिण हुने विद्यार्थीलाई बधाई दिनुका साथै शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट एसर्ईइ परीक्षा उर्तिण हुने पहिलो व्याजका विद्यार्थीलाई बधाई तथा शैक्षिक सफताको शुभकामना कार्यक्रम आयोजना गरेको हो । विद्यालयले आयोजना गरेको कार्यक्रमको अवसरमा हाम्रो युवा समाज त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले एसईइ परीक्षामा उर्तिण हुने सम्पूर्ण विद्यालाई बधाई दिनुका साथै शैक्षिक सामग्री, छाता र राम्रो अंक प्राप्त गर्ने ६ जना विद्यार्थीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
बिद्यालयबाट ३ जिपिए भन्दा माथि अंक ल्याउने ६ जना विद्यार्थीलाई प्रंशसा पत्र, उर्तिण हुने २१ जना विद्यार्थीलाई शैक्षिक सामग्री र एक एक/ वटा छाता प्रदान गरिएको हाम्रो युवा समाजका अध्यक्ष शक्ति किरण बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार २३ जना विद्यार्थी मध्ये २१ जना अर्थात ९१.३ प्रतिशत विद्यार्थी उर्तिण बनाउ सफल भएकोमा विद्यालय परिवारलाई पनि कदर पत्रले सम्मान गरिएको हो । त्यस्तै विद्यालयबाट सबैभन्दा बढी ३.२० जिपिए प्राप्त गर्ने भारती पुनलाई नगद १ हजार रुपैयाँ पनि प्रदान गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
२०८० सालदेखि बाल शिक्षा मावि गैरिनेटामा कक्षा ९ को पठनपाठन संचालन भएकामा २०८१ सालको एसईइ परीक्षामा पहिलो पटक विद्यार्थी परीक्षामा सहभागि भएका हुन् । यो विद्यालय पालिकाकै कान्छो मावि हो । उर्तिण विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमदत्त बुढाथोकी, प्रधानाध्यापक चन्द्रमनी ओली अन्य शिक्षक, विद्यालयमा अध्यनरत विद्यार्र्थीहरुले माला, अविर र खादा ओढाएर बधाई तथा शैक्षिक सफताको शुभकामना व्यक्त गरेका थिए ।
२०८१ सालको माध्यमिक परीक्षा(एसईइ) मा जनप्रीय माावि पेउँगा ९४.७३ प्रतिशत लिएर पालिकाभरबाटै प्रथम हुँदा बालशिक्षा मावि गैरिनेटा दोस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै विद्याविकास मावि ९० प्रतिशत विद्यार्थी उर्तिण गराउँदै तेस्रो स्थान प्राप्त गरेको छ भने दिव्य चक्षू मावि रुघाँ ४८.१४ प्रतिशत विद्यार्थी उर्तिण हुँदा कमजोर देखिएको छ । त्रिवेणी गाउँपालिकाका ११ वटा मावि विद्यालयबाट परीक्षार्थी एसईई परीक्षामा सहभागि भएका थिए ।