Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिमकाे आठबिसकाेटमा ट्याक्टर ठुलीभेरी नदीमा खस्याे

रूकुम पश्चिमकाे आठबिसकाेट नगरपालिकामा ट्याक्टर दुर्घटना भएकाे छ । वडा नम्बर ९ बगरमा ट्याक्टर सडकबाट भेरी नदीमा खसेकाे छ ।

ट्याक्टरका अगाडिको भाग ठुलीभेरी नदीकाे किनारामा छ भने ट्रली नदीमा बगेकाे इलाका प्रहरी कार्यालय आठबिसकाेट प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुभयो ।

अहिले घटना स्थलमा प्रहरी पुगेकाे छ । ट्याक्टरमा चालक र सहचालक रहेकाे भनिएकाे छ । सहचालकलाई उपचारका लागि लगिएकाे र चालक भने फरार रहेकाे प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयाे । 

तीव्र गतिका कारण अनियन्त्रित भएर ट्याक्टर भेरीमा खसेकाे जानकारी रहेकाे र घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे उहाँले बताउनुभयाे । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update