Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी घटना : पीडितको तस्बिर, व्यक्तिगत विवरण प्रसारण, पीडित परिवारलाई थप पीडा
फाइल फाेटाे ।

गत मंगलबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३ टाटागाउँमा भएको घटनाको पत्रकार महासंघ रुकुम पश्चिम लगायत जिल्ला स्थित क्रियाशिल पत्रकार संघ संगठनहरुले घटनामा संलग्न व्यक्ती माथी राज्यले कठोर कदम चाल्नु पर्ने माग राखेका छन् । शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ रुकुम पश्चिम र क्रियाशिल पत्रकार संगठनहरुले  अमानवीय गतिविधि तुरुन्त रोक्न सामूहिक माग गरेका छन् ।

‘‘हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भइसकेपछि महिलाहरूको हक र अधिकारलाई संविधानले विशेष प्राथमिकता दिएको छ । नेपालको संविधान २०७२ मा महिलाका पक्षमा कानुनी अधिकार र प्रावधानहरू लिपिबद्ध गरिएका छन् । तर पनि गत मंगलबार राती  चौरजहारी नगरपालिका वडा नम्बर ३ टाटागाउँमा  ३२ वर्षीय श्रीमान् चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० बर्सिया श्रीमती देवीका बुढाथोकी माथि खुकुरी  प्रहार गरी हत्या गरेको घटनाले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको विज्ञप्तीमा भनिएको छ ।’’  

यस्ता खालको  अमानवीय, बीभत्स  घटनाले हाम्रो समाजमा अझै पनि लैङ्गिक असमानता, महिला हिंसा र क्रूरता विद्यमान रहेको पुष्टि गरेको उल्लेख गरिएको छ ।  ‘‘जिल्लास्थित पत्रकार संघसंगठन र नेपाल पत्रकार महासंघ यो जघन्य हत्याको कडा शब्दमा निन्दा गर्दछ । महिलामाथि हुने यस्ता हिंसात्मक घटनाहरूलाई सामाजिक, कानुनी र नैतिक हिसाबले पूर्ण अस्वीकार गर्दै महासंघ न्यायिक प्रक्रियामार्फत आजीवन कारावासको सजाय दिलाउन र पीडित परिवारलाई शीघ्र न्याय दिन सरकारसँग जोडदार माग गर्दछौ विज्ञप्तीमा भनिएको छ । ’’ 

अपराधजन्य घटनाको सूचनामूलक र तथ्यमा आधारित समाचार सम्प्रेषण पत्रकारिता धर्मभित्र पर्ने भएकाले पीडित परिवारको गोपनीयता, भावनात्मक अवस्था र सम्मानप्रति गम्भीर संवेदनशीलता अपनाइनु पर्ने विज्ञप्तीमा भनिएको छ । 

 केही सामाजिक सञ्जाल प्रयोगकर्ता एवम् सञ्चारमाध्यमले घटनालाई सनसनीपूर्ण बनाउँदै, पीडितको तस्बिर, व्यक्तिगत विवरण तथा भावुक विवरण अत्यधिक ढङ्गले प्रकाशन प्रसारण गरेकाले पीडित परिवारलाई थप पीडा पु¥याएको यस  प्रकारका कार्यहरूले पत्रकारिताको आचारसंहिता र मानव अधिकारको मर्ममाथि आघात पु¥याउने भएकाले महासंघ सम्बद्ध सम्पूर्ण सञ्चार माध्यम र पत्रकारहरूलाई यस्ता संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा यथासम्भव मर्यादित, तथ्यपरक र पीडितप्रति संवेदनशील हुन स्पष्ट पारिएकाे छ ।  साथै प्रेस काउन्सिल नेपाललाई समेत यस्ता विषयमा अनुगमन गर्न, आवश्यक निर्देशन जारी गर्न र आवश्यक परेमा कारबाही प्रक्रिया अघि बढाउन, अमानवीय गतिविधि तुरुन्त रोक्न सामूहिक  माग गरिएकाे छ । 
WhatsApp-Image-2025-07-05-at-10.18.17_76cd24e5-1751708869.jpg

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update