Kakhara सबैको खबर सम्पूर्ण खबर
वडा कार्यालय बनाउन जग्गा व्यवस्थापन

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाको ६ नम्बर वडा कार्यालय बनाउन जग्गा व्यवस्थापन भएको छ । स्थानीय विरबहादुर बुढाले घोरेढुङ्गामा १ हजार ७ सय ७५ बर्गमिटर जग्गा वडा कार्यालयको नाममा निःशुल्क दान गर्नुभएको छ । झण्डै १५ लाख बढी मूल्यको जग्गा प्राप्त भएपछि त्यसैमा वडा कार्यालय बनाउनका लागि फिल्ड बनाउन सुरु गरिएको वडाध्यक्ष राजेन्द्र पुनले जानकारी दिनुभयो ।

गाउँपालिकाले दिएको दुई लाख बजेटबाट फिल्ड निर्माण व्यवस्थापनको काम भइरहेको वडाध्यक्ष पुनले बताउनुभयो । फिल्ड निर्माण भएपछि अर्को वर्ष वडा कार्यालय निर्माण गर्ने योजना छ । भवन निर्माणका लागि विशेष अनुदान अन्तर्गत बजेट माग गरिएको वडाध्यक्ष पुनले बताउनुभयो । वडा कार्यालय भवन निर्माणका लागि जग्गा व्यवस्थापन तथा फिल्ड निर्माणको अनुगमनका लागि गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्का लगायतको टोली पनि पुगेको थियो । 
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update