Kakhara सबैको खबर सम्पूर्ण खबर
स्वर्गीय लोकबहादुर ददेलकाे पहिलो स्मृति सभा सम्पन्न

नेकपा माओवादी केन्द्र वडा नम्बर ३ का संस्थापक नेता स्वर्गीय लोकबहादुर ददेलको पहिलो स्मृति सभा सम्पन्न भएको छ । शनिवार वडा नम्बर ३ छेडास्थित घरमा पार्टीका वडा अध्यक्ष दिलीप केसीको अध्यक्षतामा स्मृति सभा भएको हो । 

दिवङ्गत ददेल प्रति उहाँकी जीवन सङ्गिनी पार्टी मुसिकोट नगर कमिटी सदस्य तोला ददेल, छोरी प्रियंका ददेल तथा परिवारका अन्य सदस्य तथा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्मा कुशल, जिल्ला संयोजक गोविन्द रोका सचिन, केन्द्रीयहरू सदस्य गोपेश्वर के सी राकेश, बुद्धिप्रसाद शर्मा  अनन्तले श्रद्धासुमन व्यक्त गर्नुभएको थियो । 

त्यस्तै पार्टीका प्रदेश कमिटी सदस्य तथा मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरण शिर्पाल विमर्श, मुसिकोट नगर कार्यपालिका सदस्य ललिता शिर्पाली, रुकुम उद्योग वाणिज्य संघका कोषाध्यक्ष, धनबहादुर ओली लगायत पार्टीका जिम्मेवार नेता, आफन्त इष्टमित्र परिवारजन र आम जनसमुदायको उपस्थितिमा प्रथम स्मृति सभा सम्पन्न भएको बताइएको छ ।

स्मृति सभाको सञ्चालन पार्टीका वडा इन्चार्ज राजु विकले गर्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update