
गत मंगलबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३ टाटागाउँमा भएको घटनाका पीडित बालबालिकालाई नेकपा(माओवादी केन्द्र) चौरजहारी नगरसमितिले आर्थिक सहयोग गरेको छ । श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेपछि टहुरा बनेका बालकालिकाहरुको लागि संरक्षण र राहतको लागि माओवादी केन्द्र चौरजहारीले आर्थिक सहयोग गरेको हो । सहयाेग स्वरुप नगरसमितिले बालबालिकाहरुको लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।
पार्टीका नगरसमिति अध्यक्ष मोतिप्रसाद पोखरेल सहितको टोलीले पीडितको घरमै पुगरे आर्थिक सहयोग गरेको हो । पार्टीले सामाजिक उत्तरदायित्वका साथ पीडित परिवारको साथमा रहेको जनाएको छ । गत मंगलबार राती ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । मृतकका दुई छोरी र एक छोरा रहेका छन् ।
संघसंस्था, चौरजहारी नगरपालिका तथा अन्य व्यक्तिहरुले पनि टुहरा बालबालिकाहरुको लागि सहयोग रकम उठाएर सहयोग गरिएका छन् ।