Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकाेटबाट गर्भवती महिलालाई हेलिकप्टर मार्फत सुर्खेत लगियो

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिकाबाट गर्भवती महिलालाई हेलिकाेप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । आठबिसकाेट नगरपालिका वडा नम्बर ९ कि २७ बर्सिया मैसरी बटालालाई सुर्खेत लगिएकाे हो । आज बिहानबाट अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि नगर अस्पताल राडी लगिएको थियो ।

नगर अस्पतालले थप उपचारका लागि उनलाई सुर्खेत स्थित प्रादेशिक अस्पतालमा रिफर गरेको मेडिकल अधिकृत डाक्टर प्राज्ञजिके सुवेदीले जानकारी दिनुभयो । बटालाकाे पाठेघरको नलीमा गर्भ बसेको र  नली फुटेपछि रक्तस्राव भएको सुवेदीले बताउनुभयो ।

नलीमा बच्चा बसेर नली फुटेका कारण नगर अस्पतालमा उपचार सम्भव नभएपछि सुर्खेत रेफर गरिएको अस्पतालले जनाएको छ । पालिकाको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत बटालाको उद्धार गरिएको नगर प्रमुख रवि केसीले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update