
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ३ पाटागाउँकि एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । मंगलबार राती सामान्य अवस्थामा सुत्केरी भएकि रति नाथ पुरीको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाएको हो । आठविसकोट नगर अस्पतालमा मंगलबार राती शिशुको जन्म भएकामा आमाको पेटमै बच्चाले दिशा खाइ श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि हेलिकप्टर मार्फत उद्दार गरेर सुर्खेत पठाएको वडा अध्यक्ष केशरमान विकले जानकारी दिनुभयो ।
पालिकाको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत रतीको उद्धार गरिएको हो । हिजो मात्र पनि आठविसकोट नगरपालिका ९ की एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाएको थियो ।
प्रकाशित मिति: बुधबार, असार २५, २०८२ १६:५७
प्रतिक्रिया दिनुहोस्