Kakhara सबैको खबर सम्पूर्ण खबर
असुरक्षा भएपछि कार्यालय छोड्न बाध्य भएँ: इन्जिनियर यादव

रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिकाका इन्जिनियर जितेन्द्रप्रसाद यादवले असुरक्षा भएपछि आफूले कार्यालय छाडेको बताएका छन् ।

योजनाको मूल्याङ्कनका विषयमा धम्की आएको र सुरक्षित वातावरणमा काम गर्ने अवस्था नभएपछि कार्यालय छाड्न बाध्य भएको बताएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले बताउनुभयो ।

मैले नियम सङ्गत मूल्याङ्कन गरेको छु, लगभग सबै काम सकिएको थियो, तर उपभोक्ता समिति र ठेकेदारबाट मूल्याङ्कनका विषयमा दबाब दिने काम भयो, इन्जिनियर यादवको भनाई उद्धृत गर्दै प्रजिअ जिसीले भन्नुभयो ।

इन्जिनियरलाई पालिका पठाइसकिएको उहाँले बताउनुभयो । इन्जिनियर यादवलाई बुझ्न खोज्दा फोन उठेन । इन्जिनियर सम्पर्कमा आएका छन् ।

इन्जिनियर यादव असार २४ गते मङ्गलवार देखि गाउँकार्यपालिका देखि सम्पर्क विहीन भएको भन्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो ।

गाउँपालिका अध्यक्ष जनककुमार बाँठा र निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्काले प्रशासनलाई पत्र लेख्दै सहयोग गर्न तथा सम्पर्कमा नआए विभागीय कारबाही अगाडि बढाउन माग गर्दै प्रशासनलाई पत्र लेख्नुभएको थियो । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update