
सानीभेरी गाउँपालिका वडा नम्बर १० अर्माडाँडामा रहेको सरस्वती माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।
शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यालयका विविध समस्या समाधान गर्ने उद्देश्यले मोहलाल खड्काको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । लामो प्रयासपछि बुधवार सम्पन्न अभिभावक भेलाले खड्काको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिमा तुलसीराम सार्की (शिक्षक अभिभावक संघका अध्यक्ष), कल्पना खड्का र लीला पुन खड्का (महिला सदस्य), पार्वती सार्की (दलित महिला सदस्य), र खमबहादुर खड्का (वडाका जनप्रतिनिधि) चयन भएकाे अर्माका स्थानीय खिमराज खड्काले जानकारी दिनुभयो ।
यस्तै तुलसीराम सार्कीको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ ।
कार्यक्रममा अभिभावक तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो। नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियाे ।