Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 

रुकुम पश्चिम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका छ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि  आज एक औपचारिक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिपोपना घोषणा गरिएको हो । जिल्ला सदरमुकाम खलंगामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला खोप समन्वय समितिले आयोजना गरेको पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला खोप समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख देवबहादुर विकले गुर्नभएको थियो । 

जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएसँगै समन्वयका कार्यवहाक प्रमुख विकलाई प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य अधिकृत टिकाराम जैसीले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणाको प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो । छ वटै पालिकाका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा.महेश चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार  राष्ट्रिय पूर्ण खोप निर्देशिका, २०७१ को तेस्रो संस्करणको २०७७ बमोजिम सम्पूर्ण प्रक्रियाहरु पुरा गरेर पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको गरिएको थियो । 

त्यसै पालिका स्तरमै पुगरेर १५ महिनादेखि ५९ महिना उमेरका बालबालिकाहरुमा पूर्ण खोपका लागि खोपको अवस्थाको पहिचान र बिश्लेषण समेत गरिएको थियो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमका सहभागीहरुले  प्रतिबद्धता पत्रका हस्ताक्षर समेत गरेका छन् ।

कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसी, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, स्वास्थ्यकर्मी अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक कालिबहादुर ओलीले गर्नुभएको थियो।


 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update