
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को हुप्सेकोट गाउँपालिकामा आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । हुप्सेकोट–१ बेलुवाका ३८ वर्षीय दीपेन्द्र शर्पुञ्जालाई करिब सात बजे बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले स्थानीय त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा दीपेन्द्रलाई बाघले आक्रमण गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बाघको आक्रमणबाट घाइते दीपेन्द्रको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको छ । बाघको आक्रमणबाट घाइते भएका दीपेन्द्रको उद्धार गरी कावासोतीको डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको नेपालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ १४:२८
प्रतिक्रिया दिनुहोस्