Kakhara सबैको खबर सम्पूर्ण खबर
कैलदेउ यूथ क्लबद्वारा वृक्षारोपण 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको कैलदेउ यूथ क्लबको आयोजनामा वृक्षारोपण गरिएको छ । क्लबले पहिलो पटक विभिन्न प्रजातिका बिरुवाहरू रोपेको हो । 

बकाइनो, बाँस, वीरेन्द्र फूल, लप्सी, बेलपत्र, कोइरालो, पारिजात फूल आदी प्रजातिका बिरुवा रोपिएको क्लबका उपाध्यक्ष झकवीर सार्कीले जानकारी दिनुभयो । कैलदेउमा रहेको लक्ष्मी मावि परिसर, शिव मन्दिर र कालिका मन्दिर लगायत पहिरोको जोखिमयुक्त क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरिएको हो । 

brikshyaropan-1-1752403510.jpg
क्लबका अध्यक्ष यतकुमार बोहराको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिले बुढाथोकी, क्लबका उपाध्यक्ष झकवीर सार्की, सचिव प्रमीला रावल, सह–सचिव अनिता बुढाथोकी, कोषाध्यक्ष तिलक रावल, सदस्यहरू टोपजङ रावल, रेसम रावल, अर्जुन रावल, डिक्सन बिसी, टिकाराम सार्की सहित ४५ जनाको सहभागिता रहेको थियो । 

शनिवार भएको वृक्षारोपणमा सहभागीहरूका लागि खाजाको व्यवस्था हाल जापानमा रहनुभएका सुवास बोहराले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update