Kakhara सबैको खबर सम्पूर्ण खबर
हिमालयन बैंक मुसिकोट शाखाद्धारा डिग्रे  मन्दिरलाई र्‍याक  सहयाेग

हिमालयन बैंक लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमले डिग्रे मन्दिरलाई र्‍याक सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत शाखाले मंगलबार मुसिकोट नगरपालिका ५ थर्पूमा रहेको डिग्रे शाईकुमारी भवगती मन्दिरको लागि जुत्ता, चप्पल राख्ने एउटा फलामको र्‍याक सहयोग गरेको हो । मन्दिरमा दर्शनका लागि आउने भक्तजनहरुको सहजताको लागि संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरलाई  सहयोग गरिएको हिमालयन बैंक लिमिटेड मुसिकोट शाखा प्रवन्धक मेघराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसाार समाजको लागि पनि सेवा होस् भन्ने उदेश्य र्‍याक सहयोग गरिएको हो । मन्दिरमा आउने भक्तजनहरुको सहजताको लागि जुत्ता, चप्पल राख्ने र्‍याक सहयोग गरेकोमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले बैंकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । र्‍याक  सहयोग कार्यक्रममा हिमालयन बैंकका शाखा प्रवन्धक पौडेल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष  केसी, बैंकका कर्मचारी यज्ञमान खडका, दिपेन्द्र ढकाल, अशिम खत्री, मन्दिर ब्यबस्थापन समितिका पदाधिकारी लगायत  स्थानीयहरुको उपस्थिति रहेको थियो । 

84d69041-8825-4f53-b31c-d236b322d6bd-1752649604.jpeg

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update