Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिम प्रहरीले एकै दिन २२ जना फरार प्रतिवादी अदालत बुझायाे

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज एकै दिन २२ जना फरार प्रतिवादी अदालतमा बुझाएको छ । विभिन्न समयमा पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि रुकुम जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न कसुरमा अदालतले कैद तथा जरिवाना फैसला गरेका प्रतिवादीहरूलाई अदालत बुझाइएको हो । उनीहरूबाट १० वर्ष ५ महिना २ दिन कैद र ७ हजार ८ सय ८४ रुपैयाँ जरिवाना असुल उपर गरिएको गरिएको डिएसपी विष्टले बताउनुभयो ।

फरार प्रतिवादी पक्राउलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । बितेको आर्थिक वर्ष २०८१/०८२ मा प्रहरीले ६७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

६७ जना फरार कसुरदार पक्राउ गरेर ३२ वर्ष ४ महिना आठ दिन कैद र ११ हजार ४९ हजार ३२९ रुपैयाँ जरिवाना असुल गरिएको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update