Kakhara सबैको खबर सम्पूर्ण खबर
नेविसंघ मुसिकोटले वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने

नेपाल विद्यार्थी सङ्घ रुकुम पश्चिम मुसिकोट नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । ४३औँ बिपी स्मृति दिवसको अवसरमा "'शिक्षा विधेयक र विद्यार्थी आन्दोलन: किन जरुरी छ-आवाज उठाउन" विषयक खुला वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता साउन ९ गते बिपी स्मृति भवन मुसिकोट खलङ्गामा हुने नेविसंघ मुसिकोटका अध्यक्ष चन्द्रबहादुर ओलीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी भई आफ्नो वाणी, विचार र आत्मविश्वास प्रस्तुत गर्न सम्पूर्ण इच्छुक विद्यार्थी तथा युवाहरूलाई उहाँले आग्रह गर्नुभयो । 

प्रतियोगिताको प्रथम पुरस्कार ५ हजार सहित प्रमाणपत्र, दोस्रो पुरस्कार ३ हजार सहित प्रमाणपत्र र तृतीय पुरस्कार २ हजार सहित प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update