
अखिल क्रान्तिकारी रुकुम पश्चिमले पुर्व मुसिकोट नगर सचिव अञ्जना खत्रीलाई सम्मान गरेको छ । आज नेकपा(माओवादी केन्द्र) को पार्टी कार्यालय मुसिकोट खलंगमा खत्रीलाई सम्मान गरिएको हो । सानो उमेरमै नेपाल सरकारको स्थायी जागिर खान सफल भएकाेमा पुर्व मुसिकोट नगर सचिव खत्रीलाई दोसल्ला, फुलमाला र अविर लगाएर सम्मान गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य विशाल विष्टले जानकारी दिनुभयो ।
सानै उमेर १८ वर्ष ५ महिनामा स्थायी जागिर खाएर अखिल क्रान्तिकारीको शिर उच्च राखेको र अन्य ससाना नानी बावुहरुको प्रेरणाको स्रोत बनेको विष्टको भनाई छ । उहाँलाई जिल्ला पार्टी संयोजक गोविन्द रोका सचिन, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्च रमेश लामिछाने लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए । खत्री हालै लुम्बीनी प्रदेशले खोलेको लेखापाल पाँचौ तहको परीक्षामा सवै चरण पारी गरी स्थायी नियूक्ति हुनुभएको हो । उहाँ जिल्ला अस्पताल रुकुम पूर्वमा पोष्टिङ हुनुभएको छ ।
खत्रीलाई नेपाल सरकारको स्थायी नियूक्ति प्राप्त गर्ने नेपालकै कान्छि लेखापालको रुपमा समेत चिनिएको छ । केही दिन अघि अन्जनाले अध्यन गरेको विद्यालय यमुना नन्द नमुना माध्यमिक विद्यालय सेरिगाउँमा समेत विद्यायको सम्मान गरेको थियो । खत्रीले यहाँसम्म आइपुग्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुका साथै विद्यार्थी राजनितिले व्यक्तित्व विकासमा थप सहयोग पुर्याएकाे बताउनुभएको थियो । खत्री मुसिकोट नगरपालिका ७ निवासी हुनुहुन्छ ।