Kakhara सबैको खबर सम्पूर्ण खबर
बहुविवाहलाई कानुनी मान्यता नदिन अनेम संघ क्रान्तिकारीको प्रशासनलाई ध्यानाकर्षण

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)जिल्ला समन्वय समिति रुकुम पश्चिमले  जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आज जिल्ला समन्वय समितिले बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित मस्यौदाको विरोधमा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीलाई  ध्यानाकर्षण पत्र बुझाएको हो । हालसालै बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा विभित्र संचार माध्यममार्फत सार्वजनिक भएकाले सार्वजनिक गरिएको जस्तो कानुन नल्याउन ध्यानाकर्षण बनाएको हो ।

यस्तो खालको कानुनले महिला हिंसा बढाउने, लैङ्गकि समानता मानवअधिकारको मुल मर्ममा आघात पुर्याउने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।साथै बहुविवाहलाई कानुनी मान्यता दिएमा  संविधानले प्रत्याभुत गरेका अधिकारहरुमा महिलाहरुलाई प्रतिकुल असर पार्ने अखिल नेपाल महिला संघ क्रान्तिकारीले  जनाएको छ ।

नेपालको संविधान २०७२ को मुलुकी अपराध संहिता २०७४ तथा मानव अधिकार सम्बन्धी अन्तरर्राष्ट्रिय सन्धी सम्झौता भावना अनुसार बहुविवाह दण्डनीय अपराध भएकाले प्रस्तावित कानुनको मस्यौदालाई प्रकियामा अधि नबढाउन समेत अनेमसंघ क्रान्तिकारीले जोडदार माग गरेको छ । विद्यमान कानुनी व्यवस्थालाई समेत कमजोर पार्नेगरी महिला विरोधी कुनै पनि खालको कानुन निर्माण नगर्न र यस्ता मस्यौदा प्रस्ताव तत्काल  फिर्ता गर्न   अनेम संघ रुकुम पश्चिमकि अध्यक्ष देवि खड्काले जारी गरेको बिज्ञप्ति उल्लेख गरिएको छ ।

त्यसै समावेशी समतामूलक र महिला अधिकारलाई संरक्षण गर्ने कानुनको निर्माणप्रति जिम्मेवार हुन सम्बन्धित सबैलाई संघले अनुरोध गरिएको छ । आफुले राखेको मागलाई बेवास्ता गरिएमा संगठन थप संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ । यस विषयमा गम्भीर हुन संघ, प्रदेश, स्थानीय तह सहित सरोकारवालाहरु अनेम संघ क्रान्तिकारी रुकुम पश्चिमले आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update