पक्राउ
रुकुम पश्चिममा लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

रुकुम पश्चिममा लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । सोमबार राती १० बजे जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ पीपलनेटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षिय युवराज विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार विकलाई मध्यपहाडी लोकमार्ग अन्तरगत पिपलनेटा सडक खण्डबाट रा २ प ६०२८ नम्बरको मोटरसाइल चडेर खलंगाबाट माछमी जादै गर्दा पक्राउ गरिएको हो । शंका गरी चेकजाँच गर्नेक्रममा १ दशमलव ४९ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । विकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ १९:३१
प्रतिक्रिया दिनुहोस्